परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
बाग्लुङ | मंसिर २, २०८१
गलकोट: नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा राजेन्द्रबहादुर श्रेष्ठ विजयी हुनुभएको छ ।
बागलुङबजारमा सम्पन्न ४२औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चारजना प्रतिस्पर्धा रहेका थिए । अधिवेशनमा देशभरका २७ शाखाका प्रतिनिधि र पर्यवक्षेकहरूको सहभागिता रहेको थियो ।
निर्वाचनको मत परिणामअनुसार डा राजेन्द्रबहादुर श्रेष्ठ र निरन्जनप्रसाद श्रेष्ठले बराबर मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठ गोलाप्रथाबाट चयन हुनुभएको हो । दुवै जनाले १०/१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिनुभयो । अध्यक्षका अन्य प्रत्याशी मनोजप्रसाद उप्रेतीले पाँच र डा किरण रेग्मीले दुई मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, कोषाध्यक्षमा निर्माणकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी जनकराज जोशीलाई दुई मतले हराउँदै श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले १२ मत प्राप्त गर्दा प्रतिस्पर्धी जोशीले १० र सुरेन्द्र बस्नेतले पाँच मत मात्र प्राप्त गर्नुभएको थियो ।
यस्तै, महिला सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । दुई पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचित सदस्यद्वयमध्ये सापकोटाले २० र गुरुङले १६ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नितु बस्नेतले १४ मत प्राप्त गर्नुभयो ।
गौतमका अनुसार सङ्घको नेतृत्वका लागि विधानअनुसार अध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य, युवा सदस्य र विशेषज्ञ सदस्य गरी नौ पदमा निर्वाचन सम्पन्न भएको थियो । जसमध्ये युवा सदस्यमा प्रमिला खड्का र विशेषज्ञ सदस्य पदमा भागरथी भट्ट निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै, विशेषज्ञतर्फ यौनिक अल्पसङ्ख्याक वा अपाङ्गता भएकाबाट सजिया श्रेष्ठ, कानुनबाट चन्द्रमाया श्रेष्ठ, अर्थबाट गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन विशेषज्ञबाट दिनेशमान सिंह प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

